चीन जोड्ने अर्को नाका सञ्चालनको लागी पहल

प्रदेश नम्बरमा ६ मा रहेको चिन जोड्ने अर्को ढोका गमगढी–नाक्चेलाग्ना नाका सञ्चालनमा ल्याउन लागी पहल थालिएको छ । मुगुका राजनितिक दलहरूले उक्त नाका खुलाउन पहल गर्ने भएका हुन् ।

यहाँका दलहरूकै सक्रियतामा गमगढीमा सडक निर्माण परियोजनाको स्थापना हुने भएको छ । बिगत लामो समययता नाका निर्माण तथा सञ्चालनका बारेमा कुरा उठ्ने गरेको भएपनी काम भने सोही गतीमा अघि बढ्न सकेको थिएन् । गएको ३ महिना अगाडी नाका निर्माणका लागी तिब्र आग्रह तथा छलफल अगाडी बढाउने प्रतिबद्धता सहित सञ्चालन सरोकार समिती नै गठन गरिएको थियो ।े दलहरूको आग्रहमा मन्त्रिपरिषदको बैठकले परियोजना सञ्चालनमा ल्याउने निर्णय समेत गरिसकेको छ ।
सडक सञ्चालनका लागी पहल गर्न आफुहरू सक्रिय रहेको बताउदै गमगढी–नाक्चेलाग्ना सडक सञ्चालन सरोकार समितीका संयोजक समेत रहेको माओवादी केन्द्रका पोलिटव्युरो सदस्य मगंल शाहीले भने “चारै क्षेत्रहरूबाट सकरात्मक छलफल चलिरहेको छ, अब परियोजना सञ्चालनमा आउन बित्तिकै बाटो निर्माण कामको शुरु गर्ने तयारी भईरहेको छ ।’ उनका अनुसार अब परियोजना सञ्चालनमा आए ३ बर्षमा सडकको निर्माण कार्य सकिसक्ने लक्ष्य रहेको छ ।

बिगत ७ बर्षअघि सडकको निर्माण कार्य शुरु भएको भएपनी ८४ किलोमिटर मध्ये अहिले सम्म १४ किलोमिटर मात्रै ट्रयाक खुलेको छ । राष्ट्रिय योजना आयोगले प्रथामिकतामा राखेको भएपनी मुगु तिब्बत जोड्ने नाक्चालाग्न सड्कको निर्माण भने कछुवाको गतिमा छ । सरकारले मुगुको तिब्बत नाका खोलेर सामान आयातमा सहज बनाउन चिनसंग सम्झैता गरेको भएपनि तिब्बत जोड्ने सड्क निर्माणले गति नलिएपछि स्थानिय पनी उत्तिकै आक्रोशित भएका छन् ।

प्रकाशित मितिः   १७ पुष २०७३, आईतवार ११:२६