‘पिन’ मा नयाँ नेतृत्व

सुर्खेत: प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपाल (पिन) कर्णाली प्रदेशको दोस्रो अधिवेशन शनिवार सम्पन्न भएको छ । नेकपा (एमाले) निकट इन्जिनियरहरूको संगठन पिनको वीरेन्द्रनगरमा भएको अधिवेशनले टीकाराम पोखरेल अध्यक्ष रहेको नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले १९ सदस्यीय प्रदेश समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा सुरेन्द्रजंग शाही, सचिवमा बालाराम तिवारी, सह–सचिवमा सन्तोष थापा र कोषाध्यक्षमा योगेन्द्र बुढा चयन भएका छन् ।

यस्तै, सदस्यहरूमा सरोज न्यौपाने, सागर लम्साल, मेनुका भण्डारी, अमित पौडेल, कौशल केसी, बबिता गुरुङ्ग, खगेन्द्र केसी छन् । त्यस्तै, सदस्यमै गोपाल घिमिरे, चेतन उपाध्याय, प्रविण पुलामी मगर, क्षेत्र बोहरा, पुष्पराज उपाध्याय, कृष्णबहादुर खड्का र विकास जिसी चयन भएका छन् । नवनिर्वाचित नेतृत्वले इन्जिनियरहरूको हितमा काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित मितिः   ५ भाद्र २०७९, आईतवार ०५:०१