सम्पादकहरूसँग अन्तरक्रिया
सुर्खेत: नेपाल पत्रकार महासंघले सुर्खेतस्थित सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया गरेको छ । महासंघ केन्द्रीय समितिले सुर्खेत शाखासँगको समन्वयमा मंगलवार वीरेन्द्रनगर अन्तरक्रिया आयोजना गरेको हो ।
कार्यक्रममा निर्वाचन आचारसंहिता कार्यान्वयनको अवस्था, मोफसलको पत्रकारिताका चुनौती र अवसर तथा कर्णालीका सञ्चारमाध्यमले उठाउनुपर्ने मूल मुद्दाहरूलगायतका विषयमा छलफल गरिएको छ ।
महासंघका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुुवालले अन्य पक्षलेजस्तै सञ्चारमाध्यमले पनि आफ्नो आचारसंहिता कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए । यसका लागि सञ्चारमाध्यमका सम्पादकहरूको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो ।
छलफलमा सहभागी महासंघका केन्द्रीय सदस्य दिपेन्द्र शर्मा, कर्णाली प्रदेश सचिव दिपक बुढा, कोषाध्यक्ष गणेशकञ्चन भारती, सुर्खेत शाखा अध्यक्ष ललित बसेललगायतले स्थानीय सञ्चारमाध्यमको विकासमा ध्यान दिनुपर्ने भनाइ राखेका
छन् । व्यावसायिक पत्रकारितामा चुनौती बढ्दै गएको भन्दै उनीहरूले राज्यले पनि मोफसलका मिडियाको वृत्तिविकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा सुर्खेतमा सञ्चालित विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूको सहभागिता रहेको थियो ।
साझा बिसौनी ।