हार्डवेयर समितिमा नयाँ नेतृत्व

सुर्खेत: सुर्खेत हार्डवेयर समितिमा नयाँ नेतृत्व चयन भएको छ । सुर्खेत उद्योग वाणिज्य संघ अन्तर्गतको उक्त वस्तुगत समितिको अध्यक्षमा दिनेश ढकाल सर्वसम्मत चयन भएका छन् । समितिको बरिष्ठ उपाध्यक्षमा चेतन भट्टराई, प्रथम उपाध्यक्षमा बालकृष्ण हमाल चालिसे र द्वित्तीय उपाध्यक्षमा बसन्तराज पौडेल रहेका छन् । त्यस्तै, नयाँ कार्यसमितिको सचिवमा केशव विसी, सह–सचिवमा महेन्द्र ढुङ्गाना, कोषाध्यक्षमा दिपक शर्मा, सह–कोषाध्यक्षमा इन्द्रबहादुर खड्का चयन भएका छन् ।

समितिको सदस्यमा डिलबहादुर थापा, चन्द्रप्रकाश देवकोटा, प्रशान्त बस्नेत, कमलप्रसाद लामिछाने र रोशन तिवारी छन् । सुर्खेत हार्डवेयर समितिले व्यवसायीका सवालमा पैरवी गर्नुका साथै सामाजिक उत्तरदायित्व अन्तर्गत पनि विभिन्न क्रियाकलाप गर्दै आएको बताइएको छ । जसअनुसार प्रहरी बीट स्थापनामा सहयोग, निर्माणको काम गर्ने क्रममा घाइते भएकालाई आर्थिक सहयोग, भेरीमा मोक्षघाट निर्माण अभियानमा सहयोग, कालीकोट आगलागी प्रभावितलाई राहत वितरणलगायतका गतिविधि गरिएको जनाइएको छ ।

प्रकाशित मितिः   २८ श्रावण २०७९, शनिबार १८:०६