सरकारविरुद्ध प्रदर्शन

सुर्खेत: नेकपा ‐एमाले) का जनसंगठनहरूले कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन सरकारले जनपक्षीय काम नगरेको भन्दै प्रदर्शन गरेका छन् । एमाले कर्णाली प्रदेश कमिटी अन्तर्गतका जनसंगठनले शनिवार वीरेन्द्रनगरमा महँगी र भ्रष्टाचारविरुद्ध जनप्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले विरोध ¥यालीमा सरकारविरुद्ध नाराबाजीसमेत गरेका थिए । मंगलगढीचोकबाट सुरु भएको प्रदर्शन ¥याली पिपलचौतारामा पुगेर कोणसभामा परिणत भएको थियो ।

जनसंगठनहरूको प्रदर्शनपछिको कोणसभालाई सम्बोधन गर्दै एमाले नेताहरूले महँगी र भ्रष्टाचार नियन्त्रण गर्ने सवालमा सरकार लाचार बनेको टिप्पणी गरे । एमाले कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहले गठबन्धन सरकारको असक्षमताका कारण मुलुक गम्भीर आर्थिक संकटमा धकेलिएको जिकिर गर्दै महँगी नियन्त्रण नगर्दा जनताको दैनिकी कष्टकर बनेको बताए । नेता शाहले भने, ‘देश आर्थिक संकटतर्फ धकेलिँदै गएको छ, दैनिक उपभोग्य सामग्रीको मूल्य आकाशिएको छ, भ्रष्टाचार दिनदिनै बढ्दो छ । सरकार भने बिचौलियालाई प्रसय दिइरहेको छ ।’ प्रदर्शनमा कर्णालीका १० वटै जिल्लाबाट एमालेका जनसंगठनमा आवद्धहरूको सहभागिता रहेको थियो । जनसंगठनको प्रदर्शनमा एमाले स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेश इञ्चार्ज यामलाल कँडेल, केन्द्रीय सल्लाहकार परिषद् सदस्यहरू, केन्द्रीय सदस्यहरू, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मितिः   २९ श्रावण २०७९, आईतवार ०५:०२