विधेयक प्रमाणीकरण

सुर्खेत: कर्णाली प्रदेश लोकसेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवा, शर्त र सुविधा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण भएको छ । प्रदेशका प्रदेश प्रमुख तिलक परियारले बिहीवार सो विधेयक प्रमाणीकरण गरेका हुन् । प्रदेशसभा सचिवालयले प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा यही साउन २२ गते पठाएको विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख परियारले प्रमाणीकरण गरेको कार्यालयका निमित्त सचिव भीमराज थानीले जनाए । यसअघि कर्णाली सरकारले ‘प्रदेश लोकसेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवाका शर्त र सुविधासम्बन्धी अध्यादेश, २०७८’ ल्याएको थियो । ऐन बनेसँगै प्रदेश लोकसेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवाका सर्त र सुविधा उपलब्ध गराउन सहज हुने अपेक्षा गरिएको छ । योसहित कर्णालीमा ३९ वटा विधेयक प्रमाणीकरण भइ कानुन बनेका छन् ।

प्रकाशित मितिः   २७ श्रावण २०७९, शुक्रबार ०५:०१