नगर सरसफाइ

साझा बिसौनी संवाददाता
सुर्खेत, १५ फागुन । 
‘वीरेन्द्रनगर हाम्रो स्वच्छ सफा राम्रो’ भन्ने मूल नाराका साथ सुर्खेत उद्योग वाणिज्य संघको संयोजनमा सुरु भएको सरसफाइ अभियान अन्तर्गत शनिवार नगर क्षेत्रका दुई ठाउँमा सरसफाइ गरिएको छ ।
चौथो स्वास्थ्य सेवा दिवसको अवसर पारेर जिल्ला स्वास्थ्य कार्यालयले महिला स्वयम्सेविका, स्वास्थ्यकर्मी र सेडा हेल्थ क्याम्पसका विद्यार्थीहरूको सहभागितामा गणेशचौकदेखि मंगलगढीसम्म सरसफाइ गरेको हो । सरसफाइ अभियानपछि स्वास्थ्य कार्यालयले विभिन्न चेतनामूलक नारा, ब्यानर र प्लेकार्डसहित बजार हुँदै कार्यालयसम्म प्रभातफेरी गरेको थियो ।
प्रकाशित मितिः   १६ फाल्गुन २०७२, आईतवार १०:४७