महँगी र भ्रष्टाचारविरुद्ध एमालेले प्रदर्शन गर्ने
सुर्खेत: नेकपा (एमाले) ले वर्तमान सरकारका गतिविधिविरुद्ध प्रदर्शन गर्ने भएको छ । एमाले कर्णाली प्रदेश कमिटी अन्तर्गतका जनसंगठनहरूले यही साउन २८ गते सुर्खेतको वीरेन्द्रनगरमा महँगी र भ्रष्टाचारविरुद्ध जनप्रर्दशन गर्ने भएका हुन् । शनिवार बसेको प्रदेश जनसंगठन समन्वय संयन्त्र बैठकले अहिलेको गठबन्धन सरकारले महँगी र भ्रष्टाचार नियन्त्रण गर्न नसकेको भन्दै दबाब दिने उद्देश्यले जनप्रदर्शन गर्ने निर्णय गरेको हो । प्रमुख प्रतिपक्ष दल एमालेले महंगी र भ्रष्टाचारविरुद्ध यसअघि काठमाडौंलगायत विभिन्न सहरमा विरोध प्रदर्शन गरिसकेको छ । प्रदेश जनसंगठन समन्वय बैठकले भदौ १२ गते सबै जनसंगठनहरूका प्रदेश पदाधिकारी र संगठनबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्नेहरूको भेला आयोजना गर्ने समेत निर्णय गरेको छ । सोही दिन पार्टीको प्रदेशस्तरीय प्रशिक्षण पनि आयोजना हुने एमाले कर्णाली प्रदेश कमिटीका प्रचार तथा प्रकाशन विभाग प्रमुख सूर्यमणि गौतमले जनाए ।
यसैबीच, एमाले सुर्खेतको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ समन्वय कमिटीको शनिवार वीरेन्द्रनगरमा बसेको बैठकले विभिन्न पाँच वटा निर्णय गरेको छ । जसअनुसार भदौ पहिलो सातासम्म पालिका कमिटीका बैठकहरू गरिने भएको छ । त्यस्तै, भदौ २० सम्म वडा कमिटीका बैठक तथा प्रशिक्षण कार्यक्रम गर्ने, समन्वय कमिटीको सचिवालय गठन गर्ने र पार्टी सदस्यता नवीकरण गर्न निर्देशन गर्ने बैठकले निर्णय गरेको छ । बैठकले आगामी मंसिर ४ मा हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा एमालेका उम्मेदवारहरूलाई बिजय गराउने अभियानमा जुट्न सम्पूर्ण पार्टी पंक्तिलाई आह्वान गर्ने निर्णयसमेत गरेको छ । समन्वय कमिटीको बैठकलाई एमाले स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेश इञ्चार्ज यामलाल कँडेल र एमाले केन्द्रीय सदस्य एवम् सुर्खेत सह–इञ्चार्ज मोहनमाया ढकालले सम्बोधन तथा निर्देशन गरेका थिए ।
नेकपा (एमाले) ले वर्तमान सरकारका गतिविधिविरुद्ध प्रदर्शन गर्ने भएको छ । एमाले कर्णाली प्रदेश कमिटी अन्तर्गतका जनसंगठनहरूले यही साउन २८ गते सुर्खेतको वीरेन्द्रनगरमा महँगी र भ्रष्टाचारविरुद्ध जनप्रर्दशन गर्ने भएका हुन् । शनिवार बसेको प्रदेश जनसंगठन समन्वय संयन्त्र बैठकले अहिलेको गठबन्धन सरकारले महँगी र भ्रष्टाचार नियन्त्रण गर्न नसकेको भन्दै दबाब दिने उद्देश्यले जनप्रदर्शन गर्ने निर्णय गरेको हो । प्रमुख प्रतिपक्ष दल एमालेले महंगी र भ्रष्टाचारविरुद्ध यसअघि काठमाडौंलगायत विभिन्न सहरमा विरोध प्रदर्शन गरिसकेको छ । प्रदेश जनसंगठन समन्वय बैठकले भदौ १२ गते सबै जनसंगठनहरूका प्रदेश पदाधिकारी र संगठनबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्नेहरूको भेला आयोजना गर्ने समेत निर्णय गरेको छ । सोही दिन पार्टीको प्रदेशस्तरीय प्रशिक्षण पनि आयोजना हुने एमाले कर्णाली प्रदेश कमिटीका प्रचार तथा प्रकाशन विभाग प्रमुख सूर्यमणि गौतमले जनाए ।
यसैबीच, एमाले सुर्खेतको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ समन्वय कमिटीको शनिवार वीरेन्द्रनगरमा बसेको बैठकले विभिन्न पाँच वटा निर्णय गरेको छ । जसअनुसार भदौ पहिलो सातासम्म पालिका कमिटीका बैठकहरू गरिने भएको छ । त्यस्तै, भदौ २० सम्म वडा कमिटीका बैठक तथा प्रशिक्षण कार्यक्रम गर्ने, समन्वय कमिटीको सचिवालय गठन गर्ने र पार्टी सदस्यता नवीकरण गर्न निर्देशन गर्ने बैठकले निर्णय गरेको छ । बैठकले आगामी मंसिर ४ मा हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा एमालेका उम्मेदवारहरूलाई बिजय गराउने अभियानमा जुट्न सम्पूर्ण पार्टी पंक्तिलाई आह्वान गर्ने निर्णयसमेत गरेको छ । समन्वय कमिटीको बैठकलाई एमाले स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेश इञ्चार्ज यामलाल कँडेल र एमाले केन्द्रीय सदस्य एवम् सुर्खेत सह–इञ्चार्ज मोहनमाया ढकालले सम्बोधन तथा निर्देशन गरेका थिए ।
प्रकाशित मितिः २२ श्रावण २०७९, आईतवार ०५:०१
साझा बिसौनी ।