प्रमुख दलहरु मिलेर अघि बढ्नुको विकल्प छैनः नेता खनाल

प्रमुख प्रतिपक्ष नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले संविधान कार्यान्वयनका लागि प्रमुख दलहरु मिलेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन्।
वरिष्ठ नेता खनालले संविधान घोषणा गर्ने दलीय शक्ति एकताबद्ध भएमात्रै संविधान कार्यान्वयन प्रक्रिया सहज हुने पनि स्पष्ट पारे। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनँले संविधानको बचाउ गर्दै कार्यान्वयनमा लैजान प्रमुख दलहरु एकताबद्ध हुनैपर्ने उल्लेख गरे। नेता खनालले संविधान निर्माणमा हात मिलाएका दलहरुले नै संविधान कार्यान्वयनका लागि साहस देखाउनुपर्ने बेला आएको पनि टिप्पणी गरे।

संविधान लोकतान्त्रिक, देशभक्त, परिवर्तनशिल र समाजबाद उन्मुख भएको उल्लेख गर्दै नेता खनालले यसलाई कार्यान्वयनमा लैजान दलहरुले आँट गर्नुपर्ने खाँचो पनि औल्याए।

प्रकाशित मितिः   १६ पुष २०७३, शनिबार १६:४७