विद्युत नपुगेका ठाउँमा सौर्य ऊर्जा

सुर्खेत: विद्युतको राष्ट्रिय प्रसार लाइन नपुगेका कर्णाली प्रदेशका कतिपय क्षेत्रमा वैकल्पिक उर्जाको सुविधा दिइने भएको छ । प्रदेशका मुगु, हुम्ला, डोल्पा र जाजरकोटमा सौर्य ऊर्जामार्फत उज्यालो पु¥याइने भएको हो । वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र प्रदेशको जलस्रोत तथा उर्जा विकास मन्त्रालयको सहकार्यमा विद्युतको पुहँच बाहिर रहेका ठाउँमा सौर्य ऊर्जामार्फत काम गर्ने सहमति भएको हो । जलस्रोत तथा ऊर्जामन्त्री गणेशप्रसाद सिंह र केन्द्रका कार्यकारी निर्देशक डा. मधुसूदन अधिकारीबीच केही दिन पहिले सो विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

जाजरकोटमा विद्युत नपुगेको नलगाड नगरपालिका भित्रका १० र ११, छेडागाड नगरपालिकाका २, ३, ७ र १० मा सौर्य उर्जा जडान गरिने भएको छ । त्यस्तै, शिवालय गाउँपालिका भित्रका ५, ६ र ७ मा सौर्य उर्जामार्फत विद्युतीकरण गर्ने सहमति भएको छ । यसअघि जाजरकोटका बारेकोट, जुनिचाँदे, नलगाड र कुशेमा सौर्य मिनिग्रेटको काम चालु अवस्थामा रहेको छ । अबको १० वर्षसम्म राष्ट्रिय विद्युत लाइन नपुगेमा पनि सौर्य ऊर्जामार्फत सेवा लिन सकिने अवधारणअनुसार काम अघि बढाइन लागिएको मन्त्री सिंहले बताएका छन् ।

प्रकाशित मितिः   १५ श्रावण २०७९, आईतवार ०५:०२