आर्मीलाई हराउँदै एपीएफले जित्यो क्रिकेटमा स्वर्ण

सातौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको फाइनलमा नेपाल आर्मीलाई हराउँदै शसस्त्र प्रहरी बलको एपीएफले स्वर्ण जितेको छ।

वैजनाथपुर मैदानमा भएको विभागीय भिडन्तमा एपीएफले आर्मीलाई ४९ रनले पराजित गरेको हो। १२२ रनको लक्ष्य पछ्याएको आर्मीलाई एपीएफले ७२ रनमा अलआउट गरेको हो।

यसअघि आर्मीले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको एपीएफले कप्तान पारस खड्काको ३३ रनको मद्वतमा ९ विकेट गुमाउँदै १२१ रन बनाएको थियो। एपीएफको लागि दशौं नम्वरमा ब्याटिङ गरेका भुवन कार्कीले १२ बलमा २ चौका र १ छक्काको मद्वतमा नटआउट २४ रनको योगदान गरे।

बलिङतर्फ आर्मीका सोमपाल कामी विक्रम सोब र चन्द्र साउदले समान २ विकेट िलए।

जवाफमा आर्मीले १७।४ ओभरमा अलआउट हुँदै ७२ रन मात्र बनाउन सक्यो। आर्मीका लागि नरेश बुढायरले १७ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक समेत छुन सकेनन्। आर्मीलाई अलआउट गर्न एपीएफका भुवन कार्कीले सर्बाधिक ४ विकेट लिए भने शक्ति गौचन र यज्ञमान कुमालले समान २ विकेट लिए।

यस्तै तेस्रो स्थानको लागि भएको खेलमा नेपाल पुलिसले मध्यमाञ्चललाई ३३ रनले पराजित गर्दै कास्य पदक जितेको छ।

यसअघि फुटबलतर्फ पनि एपीएफले आर्मीलाई नै पराजित गर्दै स्वर्ण जितेको थियो।

प्रकाशित मितिः   १५ पुष २०७३, शुक्रबार १७:१७