राउटे युवतीमाथि यौन दुव्र्यवहार गर्नेलाई सात वर्ष कैद

सुर्खेत: राउटे युवतीमाथि यौन दुव्र्यवहार गर्नेलाई सुर्खेत जिल्ला अदालतले कैद र जरिवाना तोकेको छ । जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले राउटे युवतीमाथि यौन दुव्र्यवहार गर्ने दुई जनालाई सात वर्ष कैद र जनही दुई लाख रूपैयाँ जरिवाना तोकेको छ । बिहीवार भएको फैसलाअनुसार अदालतले युवतीमाथि यौन दुव्र्यवहार गर्ने चौमन घर्ती मगर र भूपेन्द्र बुढा मगरलाई सात÷सात वर्ष कैद र जनही दुई लाख रूपैयाँ जरिवाना तोकेको हो । उनीहरूले पीडित राहत कोषमा जनही आठ हजार रूपैयाँ जम्मा गर्नुपर्नेछ ।

त्यस्तै, यौन दुव्र्यवहार भएको होटलका सञ्चालक मनबहादुर पुनलाई पनि तीन वर्ष ६ महिना कैद र एक लाख रूपैयाँ जरिवाना तोकिएको छ । पुनलाई चार हजार रूपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला गरिएको छ । जिल्ला अदालत सुर्खेतका सूचना अधिकारी उज्ज्वल रावलकाअनुसार जेल सजाय र जरिवाना तोकिएका तीनै जनालाई २०७८ असार १६ गते पुर्पक्षका लागि जेल चलान गरिएको थियो । उनीहरू तीनै जना गुर्भाकोट नगरपालिका–९ बोटेचौरका हुन् । मनबहादुरले सञ्चालन गरेको बोटेचौरको शुभकामना होटलमा जेठ २१ गते राति ९ बजे राउटे युवतीमाथि यौन दुव्र्यहारको घटना भएको थियो । दुई जना राउटे युवतीलाई मदिरा खुवाएर यौन हिंसा गरेको भिडिओ सार्वजनिक भएको थियो । उक्त घटना हुँदा राउटे समुदाय गुर्भाकोट नगरपालिका–११ आँपसोतीस्थित भेरी नदीको किनारामा बसेका थिए ।

प्रकाशित मितिः   २४ असार २०७९, शुक्रबार १८:१४