चोकहरूमा ‘हाइमास लाइट’ थपिँदै
सुर्खेत: वीरेन्द्रनगरका थप केही चोकहरूमा हाइमास लाइट राखिने भएको छ । प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाको संयुक्त लगानीमा नौ वटा स्थानमा लाइट जडान गर्न लागिएको हो । उज्यालो र सुरक्षित नगर बनाउने उद्देश्यले विभिन्न चोकहरूमा हाइमास लाइट जडानको काम भइरहेको नगरपालिकाका इन्जिनियर विशाल अधिकारीले बताए । उनका अनुसार रेडियो नेपाल चोक, मूलपानी चोक, शिवालय चोक, सहकारी चोक र वीरेन्द्रनगर–१२ को सत्यनारायण चोकमा लाइट राख्न संरचना निर्माणको काम सुरु गरिएको छ । त्यस्तै, कुमाई चोक, एयरपोर्ट नजिकै रहेको तीनकुने चोक, मुख्यमन्त्री निवास नजिकको चोक र बाङ्गेसिमल प्रहरी चौकी नजिक पनि लाइट जडान गरिनेछ ।
लाइट जडानको एक साता अघि मात्रै सम्झौता गरेर निर्माण व्यवसायीले काम थालेका हुन । प्रदेश सरकारले रकम ढिला पठाउँदा असार तेस्रो सातादेखि मात्रै काम सुरु भएको हो । नौ स्थानमा लाइट जडान गर्न प्रदेश सरकारले नगरपालिकालाई एक करोड बजेट दिएको छ । नगरपालिकाले ती सथानमा हाइमास लाइट राख्न एक करोड नौ लाखको लागत स्टिमेट तयार गरेको थियो । ठेक्का गर्दा कोभाल्ट ईन्टरनेश्न काठमाडौंले घटेर ६५ लाख ८९ हजारमा जडान गर्ने सम्झौता गरेको छ । नगरले गत वर्ष वीरेन्द्रनगरका १२ स्थानमा एक करोड २० लाख लागतमा हाइमास लाइट जडान गरेको थियो ।
प्रकाशित मितिः २४ असार २०७९, शुक्रबार ०५:०१
साझा बिसौनी ।