वीरेन्द्रनगरको स्थापना दिवस
सुर्खेत: वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्थाले आफ्नो स्थापना दिवस मनाएको छ । संस्थाका अध्यक्ष बमबहादुर बिसीको अध्यक्षता तथा भूमि व्यवस्था तथा सहकारी रजिस्ट्रार कार्यालयका रजिस्ट्रार खुमप्रसाद सुवेदीको प्रमुख आतिथ्यतामा २१ औं स्थापना दिवस मनाइएको हो ।
स्थापना दिवसमा विभिन्न १६ वटा विद्यामा एक सय ८८ जनालाई पुरस्कृत गरिएको छ । सञ्चालक सदस्य, सेयर सदस्य तथा कर्मचारीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत छत्रबहादुर थापाले जानकारी दिए । यस्तै चालु आर्थिक वर्षमा संस्थाले गरेका महत्वपूर्ण उपलब्धी तथा क्रियाकलापहरूको बारेमा संस्थाका कार्यालय व्यवस्थापक यामलाल खत्रीले प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रदेश भूमि व्यवस्था तथा सहकारी रजिस्ट्रार सुवेदीले सहकारी मार्फत समाज रूपान्तर गर्न सकिने धारणा व्यक्त गरे । यसका लागि नीति, विधि र प्रविधिको उच्चतम प्रयोग गर्नुपर्नेमा उनको जोड थियो । कार्यक्रममा सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरू, लेखा सुपरिवेक्षण समितिका संयोजक तथा सदस्यहरू, संस्थाका प्रमुख सल्लाहकार तथा अन्य सल्लाकारहरू, विभिन्न उपसमितिका सदस्यहरूलगायतको सहभागिता रहेको थियो ।
प्रकाशित मितिः २३ असार २०७९, बिहीबार ०५:०२
साझा बिसौनी ।