महँगीविरुद्ध कोणसभा

सुर्खेत: बढ्दो महँगीको विरोधमा कोणसभा गरिएको छ । राष्ट्रिय जनमोर्चा जिल्ला ससिति सुर्खेतको आयोजनामा विरोधसभा गरिएको हो ।
महँगी, भ्रष्टाचार, महिला हिंसा र मल अभावको विरोधमा सरकारलाई ध्यानाकर्षण गराउन विरोधसभा गरिएको हो । उक्त सभालाई जनमोर्चा सुर्खेतका अध्यक्ष गोविन्दप्रसाद सुवेदी, नेकपा मसालका विष्णुप्रसाद शर्मा, कर्णाली प्रदेश सचिव पूर्णबहादुर शाहीलगायतले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा उनीहरूले महँगीले नागरिकको ढाड सेक्दासमेत सरकार रमिते बनेर बसेको भन्दै आक्रोश व्यक्त गरेका थिए । यसका साथै भ्रष्टाचार र महिला हिंसाजस्ता बेथिति बढ्दै गइरहे पनि त्यसलाई नियन्त्रण गर्न सरकार गम्भिर नभएको उनीहरूको आरोप थियो ।
कार्यक्रममा जनमोर्चाका केन्द्रीय सदस्य रत्नविक्रम प्यासी, अखिल नेपाल ट्रेड युनियनका केन्द्रीय सदस्य हिरालाल सुनार, अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य कृष्णकुमारी रावललगायतको सहभागिता रहेको थियो ।
प्रकाशित मितिः २१ असार २०७९, मंगलवार ०५:०२
साझा बिसौनी ।