नेपालले श्रीलंकासँग पहिलो हाफ गोलरहित बराबरी खेल्यो
नेपालले श्रींलकासँग पहिलो हाफ बराबरीमा खेलेको छ। भारतको सिलिगुढीमा जारी चौथो संस्करणको साफ महिला च्याम्पियनसिपमा पहिलो हाफसम्म दुबै टोली गोलरहित बराबरीमा खेलेका हुन्।
सुरुका दुई खेलमा १७ गोल गरेर प्रतियोगितामा दाबेदार रहेको नेपालले आज समूह चरणको अन्तिम खेलमा श्रीलंकासँग खेलिरहेको हो।
नेपालकी फरवार्ड सावित्रा भण्डारीले गोलको वर्षा गरेपछि यसअघिका खेलमा भुटानलाई ८–० र माल्दिभ्सलाई ९–० ले हराउँदै नेपाल समूहमा ६ अंक जोड्दै अन्तिम चार प्रवेशलाई लगभग पक्का गरिसकेको छ।
सिलगुढीको कञ्चनजंघा स्टेडियममा आज पनि नेपाली टिम श्रीलंकाविरुद्ध हावी हुने अपेक्षा गरिएको छ। विगतमा भएका चारै खेलमा नेपालले श्रीलंकालाई सजिलै हराएको थियो र कुनै पनि खेलमा श्रीलंकाले नेपाल विरूद्ध गोल पनि गर्न सकेको थिएन ।
माल्दिभ्ससँग ५–० ले पराजित श्रीलंकाले भुटानलाई २–० ले पन्छाउँदै सेमिफाइनल प्रवेशको सम्भावना कायमै राखेको छ।
साझा बिसौनी ।