सुर्खेतमा खाद्य संस्थानले चामलको मूल्य घटायो
नेपाल खाद्य संस्थानले सुर्खेतमा बिक्री हुने चामलको मूल्य घटाएको छ । संस्थानले प्रतिकिलो ५ रुपैयाँ मूल्य घटाएको हो ।
अब यहाँका उपभोक्ताहरुले संस्थानबाट प्रतिकेजी ३० रुपैयाँमा चामल खरिद गर्न सक्नेछन् । बजारको मूल्यभन्दा प्रतिकेजी १५ रुपैयाँ कम पर्ने संस्थानले जनाएको छ ।
संस्थानको सुर्खेत शाखाले सार्वजनिक विदाको दिनबाहेक हरेक दिन विहान १० बजेदेखि बेलुका ५ बजेसम्म सहुलियतको चामल बिक्री वितरण गर्दै आएको छ ।
सहुलियत मूल्यको चामल प्रतिव्यक्ति बढीमा एक क्वीन्टलसम्म खरीद गर्न सकिने संस्थानले जनाएको छ । जिसा मन्सुली, अरुवा, सोना मन्सुली, अरुवा मकवानपुर, बंगलादेशी उसिना लगायतका चामल संस्थाले बिक्री गरिरहेको छ ।
प्रकाशित मितिः १५ पुष २०७३, शुक्रबार १४:३२
साझा बिसौनी ।