सुर्खेतमा लेभ्निङ इलेक्ट्रिक स्कुटरकाे शोरुम

सुर्खेत: सुर्खेतमा विद्युतबाट चल्ने स्कूटरको बिक्री वितरण थालिएको छ । नेपाली बजारमा लेभ्निङ इलेक्ट्रिक स्कुटर बिक्री गरिरहेको बज्र ग्रुप अन्तर्गतको ईभी मोटर्स नेपालले सुर्खेतमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । मंगलवार वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनाल र मिस इन्टरनेसनल–२०१७ नीति शाहले संयुक्त रूपमा शोरुम उद्घाटन गरेका हुन् ।

लेभ्निङ इलेक्ट्रिक स्कुटरको सुर्खेतको लागि आधिकारिक बिक्रेताको रूपमा श्रीगणेश इन्टरनेशनल अटोमोबाइल रहेको छ । उक्त शोरुमबाट लेभ्निङ ब्रान्डका इलेक्ट्रिक स्कुटर बिक्री वितरण थालिएको हो ।

शोरुम उद्घाटन गर्दै उपप्रमुख खनालले विद्युतीय स्कुटर आम नागरिकका लागि उपयुक्त हुने जनाए । एकातिर पेट्रोलियम पदार्थको मूल्य बढिरहेको र अर्कोतिर वातावरणका लागि पनि अनुकूल हुने भएकाले विद्युतीय सवारी साधनको प्रयोगमा उनले जोड दिए । त्यसका लागि लेभ्निङ ब्रान्डका इलेक्ट्रिक स्कुटर उपयुक्त विकल्प हुनसक्ने समेत खनालले बताए । ‘पेट्रोलमा हुने खर्च कटौती हुनुका साथै प्रदूषणसमेत नगर्ने भएकाले विद्युतीय स्कुटर राम्रो मान्न सकिन्छ’ उनले भने ।

लेभ्निङ इलेक्ट्रिक स्कुटरको सुर्खेतको लागि आधिकारिक बिक्रेताको रूपमा श्रीगणेश इन्टरनेशनल अटोमोबाइल रहेको छ ।

मिस इन्टरनेसनल–२०१७ नीति शाहले लेभ्निङका इलेक्ट्रिक स्कुटर सबैभन्दा भरपर्दो भएको बताइन । जर्मन कम्पनीको टेक्नोलोजी भएको स्कुटर भएकोले ढुक्क भएर लेभ्निङका इलेक्ट्रिक स्कुटर प्रयोग गर्न उनले आग्रह गरिन् ।

कार्यक्रममा बोल्दै प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक पर्शुराम चौधरीले कम स्पिडका कारण इलेक्ट्रिक स्कुटरबाट दुर्घटना कम हुने र वातावरण प्रदूषण नहुने हुनाले सबैले यसको सजिलै प्रयोग गर्न सक्ने कुरा बताए ।

बज्र ग्रुपका एजीएम नवराज कोइरालाले बोस कम्पनीको मोटर, सामसुङको लिथियम आयोन ब्याट्रीआदि प्रयोग गरिएको विश्व प्रसिद्ध कम्पनीको उत्पादन भएकाले लेभ्निङका इलेक्ट्रिक स्कुटर ग्राहकका लागि उपयुक्त हुने बताए । उनले स्कुटर किन्नेका लागि फाइनान्स, एक्सचेन्ज आदिको सुविधासमेत उपलब्ध भएकाले सहज हुने जानकारी दिए ।

कार्यक्रमका सभापति श्रीगणेश इन्टरनेशनलका सञ्चालक प्रेमकुमार विसीले सुर्खेत अब इलेक्ट्रिक भेइकल सहर घोषणा भएको अवस्थामा लेभ्निङ ब्रान्डमार्फत सेवा प्रदान गर्ने दिन आग्रह गरे । उनले ग्राहकलाई २४सैं घण्टा सेवा उपलब्ध गराउने र आवश्यकता अनुसार सबै सेवा उपलब्ध गराउने बताए ।

नेपाली व्यावसायिक घरानाको रूपमा ३० वर्षदेखि परिचित बज्र ग्रुपले विभिन्न विश्व प्रसिद्ध ब्रान्ड नेपाली बजारमा बिक्री–वितरण गर्दै आएको छ । हाल बज्र ग्रुप अन्तर्गतको ईभी मोटर्स नेपालले लेभ्निङ इलेक्ट्रिक स्कुटर भर्खर कलेज पढ्दै गरेका विद्यार्थीदेखि युवाका साथै महिला पुरुष सबैलाई हुने र फुड डेलिभरी गर्न मिल्ने, अशक्तले चलाउन मिल्ने स्कुटर बजारमा उपलब्ध गराउदै आइरहेको छ ।

हाल नेपाली बजारमा एलएक्स ०१, एलएक्स ०२, एलएक्स ०४, एलएक्स०५, एलएक्स ०५–डी, एलएक्स०६, एलएक्स ०६ म्याक्स, एलएक्स ०८, एलएस ०१ र एम ०४ मोडलका स्कुटर उपलब्ध छन् । यी स्कुटरको मूल्य एक लाख १० हजार देखि पाँच लाख ५९ हजार रूपैयाँसम्म छ ।

प्रकाशित मितिः   १४ असार २०७९, मंगलवार १९:०८