गढीमा निःशुल्क स्वास्थ्य शिविर

सुर्खेत: वीरेन्द्रनगर नगरपालिका १४ स्थित गढीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर, ग्लोबल आइएमइ बैंक तथा रेडक्रस सोसाइटीको संयुक्त आयोजनामा सोमवार स्वास्थ्य शिविर गरिएको हो । एकदिने शिविरमा दाँत र आँखासम्बन्धी समस्या भएका बिरामीको जाँच गरिएको छ । गढीमा डा. बुद्धिमान श्रेष्ठसहितको विशेषज्ञ चिकित्सकहरूको टोलिले तीन सय २५ जनाको स्वास्थ्य परीक्षण गरेका छन् । शिविरबाट दन्त तथा नेत्रसम्बन्धी समस्या भएका बिरामी लाभान्वित भएको जनाइएको छ । यसैबीच, सोही संस्थाहरूको आयोजनामा लेकवेशी नगरपालिका–७ को लमनामा पनि निःशुल्क दाँत तथा आँखा शिविर हुने भएको छ । आयोजकका अनुसार त्यहाँ असार १४ र १५ गते स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको छ ।



 

प्रकाशित मितिः   १४ असार २०७९, मंगलवार ०५:०१