श्रीलङ्कासँग भिड्दै नेपाल
भारतको सिलिगुडीमा जारी चौंथो साफ महिला च्याम्पियनसिपमा नेपालले श्रीलङ्कासग प्रतिस्पर्धा गर्दैछ। शुक्रबार नेपाली समयअनुसार दिउसो सवा दुई बजे प्रतिस्पर्धा हुँदैछ।
श्रीलङ्का विरुद्धमा पनि उत्कृष्ट प्रर्दशन गर्ने प्रशिक्षक कुमार थापाले बताएका छन्।
समुहमा लगातार दुई खेल जितेको नेपाल ६ अंकसहित शीर्ष स्थानमा छ। एक–एक खेल जितेका माल्दिभ्स र श्रीलंका ३÷३ अंकका साथ दोस्रो र तेस्रो स्थानमा छन्।
शुक्रबारको खेलमा अप्रत्याशित नतिजा नआएमा नेपाल सेमिफाइनलमा पुग्ने पक्का भएको छ।
यसअघि नेपालले माल्दिभ्सलाई ९–० तथा भुटानलाई ८–० ले हराएको थियो।
नेपालका फरवार्ड सावित्रा भण्डारीले भुटानविरुद्धको खेलमा ६ तथा माल्दिभ्स विरुद्धको खेलमा ५ गोल गरेकी थिइन्।
प्रकाशित मितिः १५ पुष २०७३, शुक्रबार १४:०४
साझा बिसौनी ।