पिपलबोटको स्थापना दिवस
सुर्खेत: पिपलबोट बचत तथा ऋण सहकारी संस्थाले आफ्नो संस्थाको २०औं वार्षिकोत्सव मनाएको छ । सरसफाई तथा शैक्षिक सामग्री वितरण गरेर स्थापना दिवस मनाइएको हो ।
वार्षिकोत्सवको अवसरमा वीरेन्द्रनगर–४ मा रहेको साझा घर नेपालमा रहेका अभिभावकविहीन बालबालिकालाई शैक्षिक सामग्री तथा फलफूल वितरण गरिएको छ । ५४ जना बालबालिकालाई शैक्षिक सामग्री तथा फलफूल वितरण गरिएको संस्थाका प्रबन्धक रमेश खनालले जानकारी दिए ।
यसका साथै वीरेन्द्रनगर–४ का जनप्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधिको लगायतको सहभागितामा वीरेन्द्रनगरको रातोपुल हुँदै कालुचोकसम्म सरसफाई गरिएको छ । वीरेन्द्रनगर नगरपालिकामा कार्यक्षेत्र बनाई वित्तीय कारोबार गर्दै आइरहेको सहकारी संस्थाले हालसम्म एक करोड ८४ लाख शेयर पुँजी संकलन गरेको छ । त्यसैगरी बचत संकलन ११ करोड, ऋण लगानी १३ करोड ५० लाख, संस्थागत पुँजी एक करोड ४१ लाख र संस्थाको कुल वासलात १६ करोड ६५ लाख रहेको प्रबन्धक खनालले जानकारी दिए । संस्थामा दुई हजार पाँच सय ५९ सदस्य रहेका छन् ।
प्रकाशित मितिः ५ असार २०७९, आईतवार १८:२२
साझा बिसौनी ।