कर्णाली प्रदेश सरकारको बजेट साढे ३२ अर्ब (पूर्णपाठसहित)

सुर्खेत – कर्णाली प्रदेश सरकाले आगामी आर्थिक वर्षका लागि साढे ३२ अर्ब बराबरको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले बुधवार प्रदेश सभामा ३२ अर्ब ६१ करोड ६१ लाख ६१ हजार बराबरको बजेट पेस गरेका छन् । चालुतर्फ नौ अर्ब १६ करोड ९९ लाख १० हजार, पुँजीगततर्फ १९ अर्ब ४३ करोड ५ लाख २४ हजार र वित्तीय हस्तान्तरणतर्फ चार अर्ब एक करोड ५७ लाख २९ हजार विनियोजन गरिएको छ ।

प्रकाशित मितिः   १ असार २०७९, बुधबार १७:५०