जनप्रतिनिधिलाई अभिमुखीकरण

सुर्खेत: कर्णाली प्रदेशका जनप्रतिनिधिहरूलाई अभिमुखिकरण गरिने भएको छ । प्रदेशका ७९ वटा स्थानीय तहका जनप्रतिनिधिलाई स्थानीय सरकार सञ्चालनसम्बन्धी तीन दिने अभिमुखिकरण दिन थालिएको हो ।

कर्णाली प्रदेश सरकार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजना र प्रदेश शुसासन केन्द्रको समन्वयमा शुक्रवारदेखि अभिमुखीकरण सुरु भएको छ । प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले एक समारोहकाबीच कार्यक्रमको उद्घाटन गरेका हुन् । जनप्रतिनिधिलाई स्थानीय सरकार सञ्चालनका विषयमा मुख्यमन्त्री, मुख्य सचिवलगायतले अभिमुखिकरण गर्नेछन् ।

प्रदेश सरकार र स्थानीय तहविच हुने समन्वय सहकार्यका क्षेत्रहरू, स्थानीय तह सरोकारका विषय, कानुनी प्राब्धानलगायतका विषयमा प्रदेश सचिव आनन्द सारुले प्रकाश पारेका थिए । कार्यक्रममा स्थानीय तहका प्रमुख÷उपप्रमुख, अध्यक्ष/उपाध्यक्षहरूले स्थानीय तहका समस्या र सम्भावनाका विषयमा प्रदेश सरकार र संघ सरकारसँग सहयोग र सहकार्यमा अगाडि बढ्ने विश्वास व्यक्त गरे । तीनदिनसम्म चल्ने अभिमुखीकरणमा ७९ पालिकाका एक सय ५८ जना जनप्रतिनिधिहरूको सहभागिता रहेको छ ।

प्रकाशित मितिः   २८ जेष्ठ २०७९, शनिबार ०५:०१