पाँच वर्षपछि आफ्नै वडामा सारियो कार्यालय
सुर्खेत – जिल्लाको बराहताल गाउँपालिका-८ को वडा कार्यालय पाँच वर्षपछि आफ्नै वडाबाट सञ्चालनमा आएको छ । बुधवार बराहताल-८ दमारमा वडा कार्यालय उद्घाटन गरिएको हो ।
२०७४ मा स्थानीय तहको निर्वाचन भएदेखि वडा नं. ८ को कार्यालय छिमेकी वडा नं. ५ बड्डीचौरबाट सञ्चालन हुँदै आएको थियो । २०७९ वैशाख ३० गते भएको निर्वाचनबाट नयाँ जनप्रतिनधि आएसँगै वडा कार्यालय पनि आफ्नै भुगोलमा सारिएको हो । नवनिर्वाचित वडाअध्यक्ष केशरबहादुर कार्कीले पहिलो निर्णय नै अर्को वडामा रहेको कार्यालय आफ्नै वडामा सार्ने निर्णय गरेका थिए । सोहीअनुसार कार्यालय सारिएको छ ।
कार्कीले अहिले अस्थायी रुपमा सामुदायिक वनको भवनबाट वडा कार्यालय सञ्चालन गरिए पनि जतिसक्दो छिटो स्थायी रुपमा आफ्नै भवन निर्माण गरेर नागरिकलाई सर्वसुलभ रुपमा सेवा दिने बताए ।
प्रकाशित मितिः २५ जेष्ठ २०७९, बुधबार १८:५८
साझा बिसौनी ।