आरसी–३२ ‘बी’ डिभिजनमा बढुवा हुन असफल
सुर्खेत : सुर्खेतको आरसी–३२ फुटबल एकेडेमी ‘बी’ डिभिजनमा बढुवा हुन असफल भएको छ । शुक्रवार स्पोट्र्स एकेडेमी साँगासँग बराबरीमा रोकिएपछि आरसी–३२ को बी डिभिजनमा पुग्ने लक्ष्य पूरा हुन सकेन ।
‘सी’ डिभिजन लिगमा आरसी–३२ ले २९ अंक मात्र जोड्न सक्यो । लिगका १३ मध्ये नौ खेलमा जित निकाल्दा दुई खेलमा हार र दुईमा बराबरी खेलेको थियो । अंक तालिकामा तेस्रो हुँदै आरसी–३२ सी भिडिजनमै यथावत रहेको छ ।
झापा फुटबल क्लब ‘सी’ डिभिजन च्याम्पियन बन्दै बी डिभिजनमा उक्लिएको छ । शुक्रवार भएको अन्तिम खेलमा स्वयम्भू क्लबलाई ४–२ गोलले पराजित गर्दै झापा च्याम्पियन बनेको हो । च्याम्पियन बनेको झापा अन्तिम खेलअघि नै बी डिभिजनमा बढुवा भएको थियो । झापाले सी डिभिजनको १३ खेल मध्ये ११ खेलमा जित निकाल्यो भने समान १–१ खेलमा बराबरी र हार बेहो¥यो ।
शुक्रवार नै भएको खेलमा जित निकाल्दै प्लानिङ ब्वाइज युनाइटेड ‘बी’ डिभिजनमा बढुवा छ । लिगको आफ्नो अन्तिम खेलमा ओएसिस क्लबलाई ५–० गोलले पराजित गर्दै प्लानिङ दोस्रो डिभिजनमा बढुवा भएको हो । उसले तेस्रो स्थानमा रहेको आरसी–३२ भन्दा दुई अंकले पछि पार्दै सी डिभिजनमा बढुवा हुन सफल भएको हो ।
प्रकाशित मितिः २० जेष्ठ २०७९, शुक्रबार १९:१४
साझा बिसौनी ।