प्रदेशस्तरीय वक्तृत्व कला प्रतियोगिता हुने

सुर्खेत: वीरेन्द्रनगरमा प्रदेशस्तरीय वक्तृत्व कला प्रतियोगिता हुने भएको छ । ‘सामाजिक न्यायका लागि बोलाँै’ विषयक वक्तृत्व प्रतियोगिता गर्न लागिएको हो । अमेरिकन राजदुताबासको सहयोगमा आयोजना हुने वक्तृत्व कलामा प्लस टुदेखि स्नातकोत्तर तहसम्मका विद्यार्थीहरूले भाग लिन पाउने छन् । उक्त विषयमा पाँच मिनेटमा बोलिने मुख्य विषयवस्तु तीन सयदेखि पाँच सय शब्दमा लेखि असार १६ गतेसम्म वीरेन्द्रनगरस्थित अमेरिकन कर्नरको कार्यालयमा बुझाउन भनिएको छ । लिखित विषयवस्तुको स्तरीयता र समानुपातिक आधारमा छनोट गरिएका प्रतियोगिहरूलाई असार २५ देखि ३२ गतेसम्म आयोजना हुने प्रत्यक्ष कार्यक्रममा प्रस्तुतिका लागि सहभागी गराइने सार्वजनिक सूचना जारी गरिएको छ ।

प्रतियोगितामा प्रथम, दितीय र तृतियलाई प्रमाण–पत्रसहित प्रोत्साहनस्वरूप क्रमशः पाँच हजार, चार हजार र तीन हजार रूपैयाँ प्रदान गरिने बताइएको छ । महिलालाई सुरक्षित वातावरण निर्माणका लागि आवश्यक सुझावका लागि प्रतियोगिताको आयोजना गरिएको हो । महिलाहरू विभिन्न घरेलु एवम् सामाजिक हिंसा, शोषण तथा दुव्र्यवहारबाट पीडित र असुरक्षित भइरहेका बेला उनीहरूका आवाज न्यायालयसम्म पु¥याउन आवश्यक रणनीति, अभियान र कमदहरू चाल्न सुझात्मक शैलीमा प्रतियोगिता हुने बताइएको छ ।

प्रकाशित मितिः   २० जेष्ठ २०७९, शुक्रबार ०५:०१