बुलबुले उद्यानमा सरसफाइ

सुर्खेत: बुलबुले उद्यानको सरसफाइ गरिएको छ । युरोपियन युनियनको आर्थिक तथा भिएसओ नेपालको प्राविधिक सहयोगमा नेपाल युवा संस्था संजाल (आयोन) द्वारा सञ्चालित प्रयास परियोजना अन्तरगत क्रियटिभ क्लबको नेतृत्वमा सरसफाइ गरिएको हो ।

बुलबुलेको प्रवेशद्वारदेखि उद्यान परिसरमा सरसफाइ गरिएको हो । सोही अवसरमा महिनावारी स्वच्छताका विषयमा पनि छलफल गरिएको थियो । महिनावारी स्वच्छता दिवसको अवसर पारेर आयोनका परियोजना संयोजक रेखा वली महिनावारीका बारेमा सचेतना अभिवृद्ध गर्न जरुरी रहेको बताइन् । महिनावारीको समयमा सरसफाइ र खानपानमा विशेष ध्यान दिनुपर्ने उनको भनाई थियो ।

सरसफाई कार्यक्रमपछिको कोणसभामा वीरेन्द्रनगर–१० का वडा अध्यक्ष डिलबहादुर रखालले सरसफाइमा सबैको सहकार्य जरुरी रहेको बताए । सबैसँग हातेमालो गर्दै यस्ता कार्यक्रम अघि बढाउने प्रतिवद्धतासमेत उनले जनाएका छन् । कोणसभा क्रियटिभ क्लबका सचिव टिका शाहीको अध्यक्षतामा भएको हो ।

प्रकाशित मितिः   १५ जेष्ठ २०७९, आईतवार ०५:०१