पारा भारोत्तोलनमा सुर्खेतका किरणले जिते स्वर्ण
सुर्खेत – पारा राष्ट्रिय खेलकुद प्रतियोगितामा सुर्खेतका किरण किशोर सापकोटाले स्वर्ण पदक जितेका छन् । उनले भारोत्तलनतर्फ स्वर्ण पदक जितेका हुन् ।
राष्ट्रिय पारा भारोत्तोलन खेलकुद संघको समन्वयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा काठमाडौंमा आयोजित प्रतियोगिताको ७२ केजी माथिको तौलसमूहतर्फ सापकोटा प्रथम भएका हुन् । उनले ९० केजी वजन उठाएका थिए ।
प्रकाशित मितिः ९ जेष्ठ २०७९, सोमबार २०:२०
साझा बिसौनी ।