मुगुमा समाजवादीले जित्दा एमाले शून्य

मुगु – चार स्थानीय तह रहेको मुगुमा नेपाली कांग्रेसले २ वटा पालिकाको नेतृत्व जितेको छ । नेकपा(माओवादी केन्द्र)ले एउटामा जित्दा नेकपा(एकीकृत समाजवादी)ले पनि एउटा पालिका जितेको छ ।
कांग्रेसले मुगूम कार्मारोङ गाउँपालिका र छायाँनाथ रारा नगरपालिकामा जित हात पारेको हो ।

खत्याड गाउँपालिका माओवादीले जितेको छ भने सोरु गाउँपालिका एकीकृत समाजवादीले जितेको हो । एमालेबाट टुक्रिएर बनेको समाजवादीले जिल्लामा एउटा पालिका जित्दा एमाले भने नतिजाशून्य भएको छ । उसले कुनै पनि पालिकाको नेतृत्व हात पार्न सकेन ।

२०७४ मा एउटा पालिका प्रमुखसहति एमालेले चारै पालिकाको उपप्रमुख र २१ वडाअध्यक्ष जितेको थियो ।

प्रकाशित मितिः   ५ जेष्ठ २०७९, बिहीबार १५:४३