दार्माका सबै वडासहित माओवादीको जित

सल्यान : सल्यानको दार्मा गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)ले विजय हासिल गरेको छ । पालिका अध्यक्ष र उपाध्यक्षसहित सबै वडा समेत माओवादीले जितेको हो ।

अध्यक्षमा निमबहादुर केसी विजयी भएका छन् । उनले चार हजार ४ सय ६४ मत पाए । उनका निकटतम प्रतिद्वन्द्व नेपाली कांग्रेसका रामचन्द्र केसीले तीन हजार १४ मत प्राप्त गरे । केसी निवर्तमान अध्यक्ष हुन् ।

उपाध्यक्षमा माओवादी केन्द्रकै जुना मल्ल चार हजार ४ सय ६६ मत ल्याएर निर्वाचित भएकी छिन् ।

प्रकाशित मितिः   ४ जेष्ठ २०७९, बुधबार ०८:५१