सल्यानको छत्रेश्वरीमा एमालेको जित

सल्यान : छत्रेश्वरी गाउँपालिकामा नेकपा (एमाले)ले जित हात पारेको छ। एमालेका उम्मेदवार ओजकुमार बुढाथोकी पालिका अध्यक्षमा निर्वाचित भएका हुन् । उनले तीन हजार ८ सय ९२ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका उम्मेदवार केशबहादुर विष्टले दुई हजार ६ सय २३ मत पाएका छन् ।

उपाध्यक्ष पनि एमालेले नै जितेको छ। एमालेकी उम्मेदवार वुद्धकुमारी खत्रीले तीन हजार ३ सय ८२ मत ल्याएर उपाध्यक्षमा निर्वाचित भएकी हुन् ।

प्रकाशित मितिः   ४ जेष्ठ २०७९, बुधबार ०८:४३