दुल्लूको प्रमुखमा कांग्रेस, उपप्रमुखमा एमाले

दुल्लू : दैलेखको दुल्लू नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । सात हजार सात २३ मत पाएर कांग्रेसका भरत रिजाल पालिका प्रमुखमा निर्वाचित भएका हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का रुद्र शाहीले सता हजार पाँच सय ९२ मत पाए ।

उपप्रमुखमा भने एमालेकी बिना कार्की विजयी भएकी छन् । उनले सात हजार एक सय २४ मत पाउँदा माओवादी केन्द्रका प्रमोद खड्काले सात हजार ८७ मत पाए । दुल्लूमा कांग्रेस र माओवादीबीच चुनावी गठबन्धन थियो ।

प्रकाशित मितिः   ४ जेष्ठ २०७९, बुधबार ०८:३२