शारदा नगरपालिका कांग्रेस विजयी

सल्यान : जिल्लाको शारदा नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । प्रमुख र उपप्रमुख पदमा कांग्रेसका उम्मेदवार विजयी भएका हुन् ।

प्रमुखमा प्रकाश भण्डारीले ६ हजार २ सय १७ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार मनोजकुमार प्रधानले ४ हजार ९ सय ३७ पाए ।

उपप्रमुख सुष्मिता सापकोटाले ५ हजार ३ सय ८० मत ल्याएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी र एकीकृत समाजवादी गठबन्धनका उम्मेदवार रमेश कुमार गौतमले ४ हजार ५ सय ९५ र एमालेकी उमेदवार जालना भण्डारीले ४ हजार ५ सय २२ मत ल्याएकी थिइन् ।

प्रकाशित मितिः   ३ जेष्ठ २०७९, मंगलवार ०७:५५