रोनाल्डोले जिते अर्को अवार्ड

रियल मड्रिडका क्रिष्टियानो रोनाल्डोले अर्को अवार्ड थपेका छन् । उनले दुबई ग्लोब सकर अवार्ड अन्तरगत उत्कृष्ट वर्ष खेलाडीको अवार्ड जितेका छन् ।
गत सिजन रियल मड्रिडलाई च्याम्पियन्स लिग जिताएका उनले पोर्चुगलबाट युरोकप जिते । जसका कारण उनले बालोन डि’ओर जितिसकेका छन् ।
फिफा प्लेयर अफ दि इयरको अवार्डमा पनि रोनाल्डोलाई नै प्रमुख दाबेदारका रुपमा हेरिएको छ ।

दुबई ग्लोब सकर अवार्डमा रियल मड्रिडका पेरेज प्रेसिडेन्ट अफ दि इयर बनेका छन् भने रियल मड्रिड क्लब अफ दि इयर घोषित भएको छ ।
पोर्चुगलका फनान्डो सान्तोषले उत्कृष्ट प्रशिक्षकको अवार्ड जिते भने इटोले प्लेयर करियर अवार्ड जिते ।

प्रकाशित मितिः   १३ पुष २०७३, बुधबार १४:३१