हुम्लाको खार्पुनाथमा पुन: कर्णबहादुर रावल
हुम्ला : जिल्लाको खार्पुनाथ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कर्णबहादुर रावल निर्वाचित भएका छन् । कांग्रेस–माओवादी गठबन्धनबाट उम्मेदवार बनेका रावलले एक हजार आठ सय १० मत पाएर विजयी भएका हुन् । रावल पालिकाका निवर्तमान अध्यक्ष हुन् ।
उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का प्रकाशबहादुर शाहीले एक हजार एक सय ९५ मत पाए ।
उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का ज्ञानबहादुर सिंह विजयी भएका छन् । उनले एक हजार आठ सय ७२ मत पाएका छन् । यस्तै उनका प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का शक्तिसिंह ऐडीले आठ सय ५० मत पाएका छन् ।
खार्पुनाथका पाँच वटै वडामा पनि गठबन्धनका उम्मेदवार विजयी भएका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको गृहपालिका खार्पुनाथमा कांग्रेस–माओवादी र एमाले–समाजवादी गठबन्धन थियो ।
प्रकाशित मितिः १ जेष्ठ २०७९, आईतवार १२:१८
साझा बिसौनी ।