वीरेन्द्रनगरको प्रमुखमा कांग्रेस, उपप्रमुखमा एमालेको अग्रता

सुर्खेत : वीरेन्द्रनगर नगरपालिकामा गठबन्धनका उम्मेदवार उपेन्द्रबहादुर खड्काले अग्रता बनाएका छन् । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार खड्काले एक हजार आठ सय ४९ मत पाएका छन् । उनले नेकपा(एमाले)का उम्मेदवार मोहनमाया ढकालले भन्दा ५२ मत बढी पाएका छन् । ढकालले एक हजार सात सय ९७ मत पाएकी छिन् ।

तेस्रो स्थानमा रहेका राप्रपाका मुकुन्दश्याम गिरीले सात सय ६९ मत पाएका छन् ।

उपप्रमुखमा भने एमालेका उम्मेदवार निलकन्ठ खनालले फराकिलो अन्तरले अग्रता बनाएका छन् । उनले दुई हजार एक सय १३ मत पाउँदा गठबन्धनका शान्ति ढकालले एक हजार ६ सय ४६ मत पाएकी छिन् ।

प्रकाशित मितिः   १ जेष्ठ २०७९, आईतवार ११:२६