कर्णालीका चार पालिकामा एमालेको अग्रता

सुर्खेत : कर्णाली प्रदेशका चार वटा पालिकामा नेकपा(एमाले)ले सुरुवाती अग्रता लिएको छ । दिउँसो १ बजेसम्मको मतपरिणामअनुसार दैलेख, जाजरकोट र जुम्लाका चार वटा स्थानीय तहमा एमालेका उम्मेदवारले अग्रता बनाएका हुन् ।
१) दैलेखको महाबु गाउँपालिकामा नेकपा (एमाले)ले अग्रता लिएको छ । प्रारम्भिक मतपरिणाम अनुसार गाउँपालिका अध्यक्षमा एमालेका हरिप्रसाद उपाध्यायले सात सय चार मत प्राप्त गरेका छन् । नेपाली कांग्रेस लछुमन गुरुङले चार सय १० मत प्राप्त गरेका छन् ।

२) दैलेखको दुल्लु नगरपालिकामा एमालेले अग्रता लिएको छ । पालिका प्रमुखमा एमालेका रुद्रबहादुर शाहीले तीन सय दुई मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका भरत रिजालले दुई सय १७ मत पाएका छन् ।

३) जाजरकोटको बारेकोट गाउँपालिका अध्यक्षमा एमालेका वीरबहादुर गिरीले तीन सय ३२ मत प्राप्त गरेका छन् भने गठबन्धनका महेन्द्रबहादुर शाहले तीन सय आठ मत पाएका छन् ।

४) जुम्लाको सिंजामा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ । पाँच सय ९० मतगणना हुँदा एमालेका सुमन आचार्यले दुई सय ५९ मत ल्याएका छन् भने माओवादीका पूर्ण धितालले एक सय दुई पाएका छन् ।

प्रकाशित मितिः   ३१ बैशाख २०७९, शनिबार १३:१४