दैलेखमा माओवादीले पहिलो पटक जित्यो वडाअध्यक्ष

दैलेखः दैलेखमा नेकपा (माओवादी केन्द्र)ले पहिलो पटक वडा अध्यक्ष जितेको छ । डुङ्गेश्वर गाउँपालिका–१ को वडाध्यक्षका माओवादीका उम्मेदवार श्याम राना विजयी भएका हुन् ।

उनले सात सय ८१ मत पाए । निकटतम प्रतिस्पर्धी नेकपा(एमाले)का लोकबहादुर डाँडीले पाँच सय २४ मत पाए ।

यो वडामा माओवादीसहित नेपाली कांग्रेस र नेकपा(एकीकृत समाजवादी)बीच गठबन्धन भएको थियो । अध्यक्षसहित गठबन्धनको प्यानल नै विजयी भएको हो ।

अघिल्लो पटकको निर्वाचनमा माओवादीले दैलेखका कुनै पनि वडा र पालिका जित्न सकेको थिएन ।

प्रकाशित मितिः   ३१ बैशाख २०७९, शनिबार १२:४०