यो वर्ष सर्वाधिक कमाउने ८ बलिउड फिल्म

बलिउडका स्थापित सुपरस्टारहरूले बर्षैदेखि एकैखाले फिल्म गर्दै आफूलाई चरित्रसँग परिक्षण गर्नबाट बच्दै आइरहेका छन्। यो वर्ष पनि बलिउड यस मानेमा कुनै रूपले अलग रहन सकेन। केही फिल्म वक्सअफिसमा सफल भए भने केही नराम्ररी पिटिए पनि। भारत सरकारको ५०० र १००० का नोटहरू विस्थापित गर्ने निर्णयले पनि केही बलिउड फिल्म प्रभावित बन्न पुगे। यस अवस्था बिच पनि ८ फिल्मले बलिउड फिल्म व्यापारको मानक मानिदैं आइएको १०० करोड भारूको आँकडा पार गर्न सफल भए। ती ८ फिल्मको सूचिमा निम्न फिल्म बनेका छन् जो कमाइको मामिलामा अगाडी रहे।

१- सुल्तानस् वक्स अफिसमा गर्ने प्रदर्शनलाई जोडेर सलमान खानको बारेमा धेरै चिज भनिने र लेखिने गरिएको छ। त्यसको दाँजोमा उनका फिल्म विषयवस्तुका हिसाबले कति राम्रा भइरहेका छण् भन्ने कुरा बहसको विषय भए पनि उनका प्रत्येक फिल्म चक्सअफिसमा पैसा कमाउने मामला भने अगाडी नै रहँदै आएका छन्। यस वर्ष रिलिज भएका फिल्महरू मध्ये कुनै पनि बलिउड फिल्मले २०० करोडको आँकडा पार गर्न सकेनन तर सलमान अभिनित फिल्म ३०० करोड बढी भारू कमाउन सफल बन्यो।

२-एम एस धोनीस् द अनटोल्ड स्टोरीस् भारतिय क्रिकेट कप्तान महेन्द्र सिंह धोनीको बायोपिक फिल्मले मिश्रित प्रतिक्रिया बटुल्दै वक्सअफिसमा राम्रो प्रदर्शन गर्न सफल रह्यो। फिल्मले करिब १३३ करोड कमाउँदै बक्सअफिसमा सर्वाधिक कारोबार गर्ने दोस्रो फिल्म दरियो।

३- एयरलिफ्ट, रूस्तम तथा हाउसफूल ३स् बलिउडका ३ पावर हाउस पानिने ३ खान हाराहारीमा उभिन सक्ने कोही छ भने त्यो अक्षय कुमार हुन। यस वर्ष रिलिज भएका उनका ३ फिल्मस् एयर लिफ्ट ९१२९ करोड०, रूस्तम(१२७।४२ करोड) तथा हाउसफूल ३(१०७।७० करोड) कमाउँदै सर्वाधिक कमाउ सूचिको ३ ४ तथा ६ नम्बरमा रहन सफल रहे।

४- ऐ दिल है मुश्किलस् अनुराग कश्यपको ‘उडता पंजाब’का अलावा करण जोहर निर्देशित ‘ऐ दिल है मुश्किल’ वर्षकै विवादस्पद फिल्म बने। सबैभन्दा पहिलो विवाद ऐश्वर्या रायले रणवीर कपुरसँग दिएको अन्तरंग दृश्यले निम्तायो भने दोस्रोमा फिल्ममा रहेको पाकिस्तानी अभिनेता फवाद खानप्रति राज ठाकरेको आपत्तिले भयो। पछि चन्दाबाट सो मामिलालाई सल्टाउने काम भयो। फिल्मले ११२।३९ करोड कमाउँदै आफ्ना लागि ५ औं स्थान सुरक्षित गर्‍यो।

५- शिवायस् ‘ऐ दिल है मुश्किल’सँगै फिल्म रिलिज गरेर अजय देवगनको ‘शिवाय’ले कमाइको मामिलामा करण जोहरलाई राम्रै टक्कर दिए। फिल्मले वक्सअफिसमा १००।२५ करोड कमायो। फिल्म ७ औं स्थान रह्यो।

-वर्षको अन्तिम महिनामा रिलिज भएको फिल्मको कमाइ कुन बिन्दुमा पुग्छ तय भइसकेको छैन् तर फिल्मले १०० करोडको आँकडा पार गरिसकेको छ। ‘दंगल’ वर्षकै सबैभन्दा कमाउ फिल्म बन्ने ध्याउन्न रहेको संकेत देखिएको छ।

प्रकाशित मितिः   १३ पुष २०७३, बुधबार १२:०८