सहमती खोज्न प्रमुख तीन दल छलफलमा

प्रमुख तीन दलका शीर्ष नेताको बैठक सिंहदरबारमा सुरु भएको छ।

प्रधानमन्त्री कार्यालयमा केहीबेरअघि सुरु भएको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एंवम् प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका नेता उपस्थित छन्। प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि बैठकमा सहभागी हुने बताइए पनि उनी बैठकस्थल पुगिसकेका छैनन्।

एमाले उपाध्यक्ष बामदेव गौतम लगायतका नेता बैठकमा सहभागी छन्। गहिरिँदो राजनीतिक गतिरोध अन्त्य गर्न प्रधानमन्त्री दाहालले मंगलबार सत्तारुढ दल र मधेसी मोर्चाका नेताहरुसँग बालुवाटारमा छलफल गरेका थिए।

प्रकाशित मितिः   १३ पुष २०७३, बुधबार ११:५७