नवौं अधिवेशन अन्त्य

सुर्खेत: कर्णाली प्रदेश सभाको नवौं अधिवेशन अन्त्य भएको छ । कर्णाली प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले अधिवेशन अन्त्यको घोषणा गरेका हुन् ।

नेपालको संविधान धारा १८३ को उपधारा २ बमोजिम बिहीवार राती १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । नवौ अधिवेशन गत पुस २८ गतेदेखि सुरु भएको थियो ।

प्रकाशित मितिः   २३ बैशाख २०७९, शुक्रबार ०५:०१