जुम्लाबाट सुर्खेत जाँदै गरेको बस दुर्घटना

जुम्लाबाट सुर्खेत जाँदै गरेको बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। कालिकोटको सदरमुकाम मान्म बजार नजिकै सडकमा रोकी राखेको बस दुर्घटना भएको हो। कर्णाली यातायातको ना ५ ख १७९९ को यात्रुबाहक बस मंगलबार दुर्घटना भएको हो ।

करिव ३५ जना यात्रु सवार रहेको बस रोकी रहेको अवस्थामा पछाडि सररे करिव १५ मिटर सडकभन्दा तल खसेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । घाइतको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ । घाइते १२ जनाको अवस्था सामान्य रहेको जिल्ला अस्पताल जनाएको छ । चालकको लापरवाहीले गर्दा बस दुर्घटना भएको प्रहरीले जनाएको छ।