कोर्स पूरा नपढाएरै परीक्षा

कर्णालीका अधिकांश सामुदायिक विद्यालयमा पूरा पाठ्यक्रम पढाई नभई शैक्षिकशत्र परिवर्तन हुने गरेको छ । यस क्षेत्रका विद्यालयमा पढाउने अधिकांश शिक्षकहरू जिल्लाबाहिरका हुनु लामो समयसम्म बिदा बस्ने कारण कोर्ष पूरा नभई विद्यार्थी वार्षिक परीक्षा दिन बाध्य छन् ।

कर्णालीका कालिकोट बाहेक अन्य चारवटै जिल्लामा प्रवेशिका परीक्षा चैतमा र अन्य सबै कक्षाको वार्षिक परीक्षा मंसिरमा हुने गर्दछ । समयमा विद्यालय सञ्ञ्चालन नहुने, सञ्चालन भएको खण्डमा पनि शिक्षकहरूले नियमित अध्यापन नगर्ने भएका कारण आधा कोर्ष अध्ययन गरेर परीक्षा दिनुपरेको विद्यार्थीहरूको गुनासो छ ।

मुख्य विषय पढाउने शिक्षकहरू बाहिर जिल्लाका रहेकाले उनीहरू घर बिदामा गएपछि लामो समयसम्म नफर्किने र अन्य स्थानीय शिक्षकहरू कामको समयमा विद्यालय नआउने भएका कारण आधा कोर्ष पढेरै वार्षिक परीक्षा दिनुपरेको सेतिवाडा माध्यमिक विद्यालय नुवाकोटका विद्यार्थी करविन्द धितालले बताए ।

हाल कक्षा नौ को वार्षिक परीक्षा दिएका धितालले यस वर्ष मात्र होइने यसअघिका अधिकांश कक्षाको वार्षिक परीक्षा आधा पढेरै दिनुपरेको दुखेसो गरे र्। विज्ञान, अंग्रेजी, गणित लगायतका विषयका शिक्षकहरू धेरैजसो बाहीर जिल्लाकै हुनुहुन्छ ,’ उनले भनेर्, चाडपर्वको समय र अन्य समयमा विभिन्न बाहनामा घरबिदामा जाने र समयमै नफर्कने भएका कारण कोर्ष पुरै पढाइ हुँदैन । हामीले यस वर्षको कक्षा नौ को वार्षिक परीक्षा आधा पढेरै दियौं ।’

यस्तै, सदरमुकाम नजिकका विद्यालयहको हालत पनि ग्रामिण क्षेत्रका विद्यालयहरूको जस्तै छ । नगरपालिका भित्र रहेका विद्यालयहरूमा समेत पुरा कोर्ष पढाइ नहुने गरेको विद्यार्थीहरूको गुनासो रहेको छ ।
चन्दननाथ नगरपालिका १४ मा रहेको जनज्योति माध्यमिक विद्यालयमा पनि पुरा कोर्ष पढाई नभएको त्यहाँको विद्यार्थीको आरोप छ । विद्यालय आएका शिक्षकहरू पढाइमा भन्दा पनि राजनीतिक गफगाफ र अनावश्यक विषयवस्तुमा छलफल गर्दै समय विताउने एकजना विद्यार्थीको आरोप छ ।
नेत्रज्योति मावि हाँकुमा त विद्यार्थीले पुरा कोर्ष पढाई नगरेको भन्दै आन्दोलन समेत गरेका थिए । दशैंमा घर बिदामा गएका शिक्षकहरू समयमै नफर्किएको र स्थानीय शिक्षकहरूले पनि विद्यालयमा नियमित अध्यापनका लागि नआएको भन्दै ताला समेत लगाएका हुन् । ताला लगाउने विद्यार्थी पुरीचन्द्र गौतमले भनेर्, हामीले यस वर्ष मात्रै होइन प्रत्येक वर्ष आधा पढ्दै आएका छौं ।

बाहीरका शिक्षकलाई घरविदामा जाँदै ठिक छ । स्थानीय शिक्षकहरूलाई घरको काम र राजनीतिक कार्यक्रममा हिड्दै फुर्सद् छैन ।’ जुम्ला जिल्लाका यीत दुई÷चारवटा विद्यालयका यी घटना प्रतिनिधि पात्र मात्रै हुन् ।
कर्णालीका अधिकांश विद्यालयहरूको हालत यो भन्दा कम छैन । सामुदायिक विद्यालयमा गरिबका र हुँदा खानेका बालबच्चाहरू अध्ययन गर्नुका साथै शिक्षकहरूका विद्यार्थीहरूले आफ्ना बालबच्चा निजी विद्यालयमा पढाउने गरेका कारण शिक्षहरूले विद्यार्थीको भविष्यमा हेचक्र्याई गर्ने गरेको विद्यार्थी गौतमको भनाइ छ ।

एसएलसी दिने विद्यार्थी मारमा
विद्यालयमा नियमित अध्यापन नहुँदा कोर्ष नसकिने समस्याबाट सबैभन्दा एसएलसी परीक्षा दिने विद्यार्थी पीडित बनेका छन् । समयमा कोर्ष नभ्याइनुका साथै भने गुणस्तरिय तरिकाले पढाई नहुँदा महंगो शुल्क तिरेर यहाँका विद्यार्थी ट्यशन पढ्न बाध्य भएको एसएलसी परीक्षााको तयारी गरिरहेका चन्दननाथका लक्ष्मण देवकाटाले बताए ।

मुगु र कालिकोटका केही विद्यार्थीहरू एसएलसी तयारीका लागि जुम्ला सदरमुकामा आउने गर्दछन् भने, हुम्ला र डोल्पासहित जुम्ला जिल्लाका समेत केही विद्यार्थीहरू तराइका जिल्लामा ट्युशन कक्षा पढ्न जाने गरेका छन् ।

वर्षातको समयमा स्थानीय पर्व र विभिन्न काम काजको समय हुने भएका कारण नियमित पढाइ हुँदैन ।’ देवकोटाले भनेर्, मंसिरमा सेन्टअप सेस्टको परीक्षा दिएपछि विद्यालयमा पढाई बन्द हुन्छ । अनि पुरा कोर्ष पढाइ नभएपछि महंगो भएपनि ट्यशन नपढेर के गर्नु ? ’
यहाँका विद्यालयमा मंसिरको महिनामा हुने वार्षिक परीक्षापछि फागुनको महिनासम्म विद्यालय विदा हुने गर्दछ । जसले गर्दा एसएलसी दिने विद्यार्थीहरू सेन्टअप टेष्ट परीक्षापछि पुनः विद्यालयमा अध्ययन गर्न पाउँदैनन् र कोर्ष पुरा गर्नको लागि अनिवार्य रुपमा ट्युशन पढ्ने बाध्यताबाट टाढा रहन सक्दैनन् ।

यस्तै कतिपय शिक्षकहरूले ट्युशन पढाउनकै लागि विद्यालयमा आधा कोर्ष पढाउने र बाँकी कोर्ष आफैले पढाउने ट्शन सेन्टरमा पढाउने गरेको विद्यार्थीको गुनासो रहेको छ । हिउँदको दुई महिना भन्दा बढी समय कर्णालीमा विद्यालय बन्द हुने भएकोले सोही समयलाई सदुपयोग गर्न र मनग्य आम्दानीका लागि ट्युशन पढाउने गरेका छन् ।

विषेश गरी अंग्रेजी, गणित, विज्ञान विषयमा ट्युशन पढ्ने गर्दछन् । विद्यालयमा कोर्ष पुरा नहुनुका साथै यहाँका ट्युशन सेन्टरमा गुणस्तरिय पढाई नहुने भएपछि कर्णालीका विद्यार्थीहरू तराईमा ट्युशन पढ्नका लागि झरेका छन् ।

अनाधिकृत ट्युशन सेन्टर बजारभरी
छोटो समयमा मनग्य आम्दानी गर्ने दाउमा हाल कर्णालीमा बजारभरी अनाधिकृत रुपमा गैरकानुनी ट्युशन सेन्टरहरू सञ्चालनमा आएका छन् । दर्ता विनानै सञ्चालनमा रहेका ट्युशन सेन्टरहरूलाई कानुनी दायरामा ल्याउन सरोकारवाला निकाय सक्रिय देखिएको छैन । ट्युशन सेन्टर सञ्चालनका लागि जिल्ला शिक्षा कार्यालयमा पढाउने विषयगत शिक्षकहरूको जानकारीका साथै ५० हजार रुपैयाँ धरौटी राख्नुपर्दछ ।
जिल्ला शिक्षा अधिकारी कुलबहादुर फडेराका अनुसार एकाध सेन्टरबाहेक अन्य चर्चाका रहेका ट्युशन सेन्टरहरू दर्ता्विनै सञ्चालनमा छन् । कानुन उल्लंघन गरी अनाधिकृत ट्युशन सेन्टर सञ्चालन गर्ने सञ्चालकहरूलाई कारबाही गरिने अधिकारी फडेराले बताए ।

अन्नपूर्णबाट

प्रकाशित मितिः   १२ पुष २०७३, मंगलवार १८:४४