वीरेन्द्रनगरमा ११ जनाको उम्मेदवारी दर्ता
सुर्खेत – स्थानीय तह निर्वाचनका लागि वीरेन्द्रनगरमा आइतवार ११ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । मनोनयन दर्ताको पहिलो दिन विभिन्न साना राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले दर्ता गराएका हुन् ।
मुख्य निर्वाचन अधिकृत राजेन्द्रकुमार आचार्यका अनुसार पालिका प्रमुखमा १ जनाको उम्मेदवारी परेको छ । त्यसैगरी उपप्रमुखमा २ जना र वडाअध्यक्षमा ५ जनाले मनोनयन दर्ता गराएका छन् । सदस्यमा ३ जनाको मनोनयन दर्ता भएको हो ।
प्रमुख राजनीतिक दलहरुले भने आज दर्ता गरेका छैनन् । उनीहरुले भोलि सोमवार दर्ता गर्ने तयारी गरेका छन् ।
प्रकाशित मितिः ११ बैशाख २०७९, आईतवार १९:१६
साझा बिसौनी ।