विद्यार्थीलाई मतदाता शिक्षा
सुर्खेत: शिखर माध्यमिक विद्यालय रामघाटमा अध्ययनरत विद्यार्थीहरूलाई मतदाता शिक्षा प्रदान गरिएको छ । नेत्रहीन युवा संघ नेपाल, सुर्खेत शाखाले सोमवार विद्यालयमा पुगेर करिब ८० जना विद्यार्थीलाई स्थानीय तहको निर्वाचन लक्षित मतदाता शिक्षा दिएको हो ।
विद्यार्थीहरूलाई स्थानीय सरकारको संरचना, यसले गर्न काम, निर्वाचनको महŒवका साथसाथै मत बदर नहुने गरी मतदान गर्ने तरिकाबारे बसन्त जैसीले प्रयोगात्मक प्रशिक्षण दिएका हुन् । प्रशिक्षणपछि विद्यार्थीहरूलाई निर्वाचनका बारेमा धेरै कुराको जानकारी पाएको जैसीले बताए ।
नेत्रहीन युवा संघ सुर्खेतका कोषाध्यक्ष सम्झना बडुवालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संघका सदस्य विष्णु दाहालले गरेका थिए ।
प्रकाशित मितिः २८ चैत्र २०७८, सोमबार १९:००
साझा बिसौनी ।