धार्मिक अनुष्ठान महोत्सव हुने

सुर्खेत: वीरेन्द्रनगरमा धार्मिक अनुष्ठान महोत्सव सञ्चालन गरिने भएको छ । वासन्तीय नवारात्र अनुष्ठान महोत्सव २०७८ आज ‐शनिवार)बाट सुरु हुुने भएको हो । महोत्सवको उद्घाटन आन्तरिक मामिला तथा कानुुनमन्त्री हिमबहादुुर शाहीले गर्ने बताइएको छ । आयोजक जय सीताराम महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान शाखा सुर्खेतले चैत २७ गतेसम्म अनुष्ठान महोत्सव हुने जनाएको छ ।

सोही अवसरमा शुक्ल पक्षदेखि प्राकट्य दिवससम्म नित्य पाठ पारायण, श्रीराम कथा, भजन कृतन, जप, साधना आदि विभिन्न धार्मिक तथा आध्यात्मिक क्रियाकलापहरू गरिने भएका छन् । दिउँसोको समयमा श्रीराम कथा प्रवचनसमेत हुने बताइएको छ । त्यसैगरी, रात्रीकालीन दिव्य रामनाम कृतन झाँकी र नृत्यका कार्यक्रमहरू समते सञ्चालन गरिने जनाइएको छ । नौ दिनसम्म चल्ने अनुष्ठानमार्फत समाजलाई सकारात्मक र मर्यादित बाटोमा हिँड्न मद्धत पुगने अपेक्षा आयोजकको छ ।

प्रकाशित मितिः   १९ चैत्र २०७८, शनिबार १७:१२