कर्णालीका २० विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम

सुर्खेत: कर्णाली प्रदेशका २० वटा विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम लागू हुने भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत कर्णालीका २० सहित देशभरबाट एक सय ४० विद्यालय छनोट भएका हुन् ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रकाअनुसार विद्यालय सहयोग कार्यक्रममा सामुदायिक विद्यालयसँग प्रस्ताव माग गरिएको थियो । निर्देशक समितिको विभिन्न मापदण्डका आधारमा विद्यालयहरू छनोट गरेको हो । दैलेखबाट नरेश्वर उद्यमशील विद्यालय, सिता जनसहयोग माध्यमिक विद्यालय र चामुन्डा माध्यमिक विद्यालय कार्यक्रम कार्यान्वयनका लागि छानिएका छन् ।

यस्तै सल्यानका शारदा मावि, शिव जन मावि, रूकुम–पश्चिमबाट राप्ती ज्ञानोदय मावि, हिमालय मावि, प्रभात मावि, ज्ञानोदय मावि र जनप्रिय मावि छन् । एउटा मात्रै विद्यालय छानिएको कालीकोटबाट महादेव मावि तिलागुफा परेको छ । सुर्खेतबाट सूर्यप्रकाश मावि पञ्चपुरी, नेपाल राष्ट्रिय मावि गुर्भाकोट र जनज्योति मावि बराहताल रहेका छन् भने जाजरकोटबाट मावि सिर्पाचौर र जनप्रिय माविले उक्त कार्यक्रम कार्यान्वयन गर्ने भएका छन् । केन्द्रका अनुसार डोल्पाको आदर्श मावि, हुम्लाको लालीगुराँस मावि, मुगुको जनज्योति मावि र जुम्लाको नेत्रज्योति मावि पनि छनोट भएका हुन् ।

प्रकाशित मितिः   १७ चैत्र २०७८, बिहीबार ०५:०१