वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण
सुर्खेत: सप्ताहव्यापी वित्तीय साक्षरता अभिमुखीकरण कार्यक्रम गरिएको छ । एनएमवी बैंक कर्णाली प्रदेश कार्यालयको संयोजनमा सुर्खेत र दैलेख जिल्लामा सप्ताहव्यापी रूपमा कार्यक्रम गरिएको हो । दुवै जिल्लाका तीन÷तीन वटा स्थानीय तहमा अभिमुखीकरण गरिएको जनाइएको छ ।
सुर्खेतका पञ्चपुरी नगरपालिका, लेकवेशी नगरपालिका र बराहताल गाउँपालिका तथा दैलेखका नारायण नगरपालिका, गुराँस गाउँपालिका र नौमुले गाउँपालिकाका ६ सय ५० जना सहभागीहरूबीच वित्तीय साक्षरता कार्यक्रम गरिएको एनएमवी बैंक कर्णाली प्रदेशका एरिया मेनेजर मित्रराज प्याकुरलेले जानकारी दिए । कार्यक्रमका सहभागीहरूलाई आर्थिक संकट पूर्वाअनुमान गरेर अनावश्यक ऋण बोझबाट जोगिन, सीमित आयबाट पनि दैनिक खर्च, भैपरी आउने खर्च र व्यापार व्यवसाय व्यवस्थापन गर्न, विशेष यूवाहरूलाई बचत गर्ने बानी र वित्तीय सेवा बसाल्न कार्यक्रमले सघाउ पु¥याएको उनले बताए ।
बैंकले दिने सेवा–सुविधाका साथै आम्दानी, खर्च, बचत, ऋण, सापटी तथा बजेटको आधारभूत ज्ञान, पैसाको सदुपयोग र सही तरिकाले व्यवस्थापनलगायतका विषयमा सहभागीहरूलाई जानकारी गराइएको छ । वित्तीय व्यवस्थापनमा सघाउ पुराउनका लागि वित्तीय साक्षरता कार्यक्रमले गरिएको बैंकले जनाएको छ । कार्यक्रममा एटिएम मेसिन, मोबाइल बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग, डेबिट कार्ड (एटिएम कार्ड) र क्रेडिट कार्डलगायतका विषयमा समेत जानकारी दिइएको थियो ।
साक्षरता कार्यक्रममा ७५ प्रतिशत महिला सहभागी रहेका थिए । बैंकका प्रदेश एरिया मेनेजर प्याकुरेलसहित, सुर्खेत शाखा ऋण शाखा प्रमुख निर्मल गौली, व्यवसायी विकास अधिकृत खगेन्द्र पाण्डेले वित्तीय कार्यक्रमका सहभागीहरूलाई प्रशिक्षण दिएका थिए । कर्णाली प्रदेशको सुर्खेत र दैलेखमा एनएमवी बैंकका तीन वटा शाखा रहेका छन् ।
प्रकाशित मितिः १६ चैत्र २०७८, बुधबार ०५:०१
साझा बिसौनी ।