बाल संगठन सुर्खेतको सभापतिमा सापकोटा
सुर्खेतः नेपाल बाल संगठन सुर्खेतको सभापतिमा किरण किशोर सापकोटा चयन भएका छन् । वीरेन्द्रनगरमा आइतवार सम्पन्न जिल्ला बाल संगठनको साधारण सभाले सापकोटालाई सभापतिमा छनोट गरेको हो ।
वीरेन्द्रनगर–४ निवासी सापकोटा ‘माइ ग्रीन एण्ड क्लिन स्कुल’ अभियानका अभियन्तासमेत हुन् । बाल संगठनको जिल्ला कार्यसमिति नौ सदस्यीय हुने व्यवस्था छ । कार्यसमितिको पदावधि चार वर्षको हुन्छ । पहिलो बैकबाट अन्य पदाधिकारीसहित सदस्य मनोनित गरिने सभापति सापकोटाले जनाए ।
प्रकाशित मितिः १४ चैत्र २०७८, सोमबार १५:४१
साझा बिसौनी ।