उपविजेता बन्यो कर्णाली
सुर्खेत: कर्णाली प्रदेश मुख्यमन्त्री कप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपविजेता बनेको छ । शुक्रवार भएको फाइनलमा गण्डकी प्रदेशसँग तीन विकेटले पराजित भएपछि पहिलो पटक ऐतिहासिक उपाधिबाट वञ्चित भएको हो ।
उपाधिसँगै गण्डकीले दुई लाख प्राप्त गरेको छ । उप–विजेता बनेको कर्णाली प्रदेशले एक लाख पचास हजार प्राप्त गरेको छ । धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको कर्णाली प्रदेशले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ६४ रनेको लक्ष्य प्रस्तुत गरेको थियो । कर्णालीको पारी किरण कुमारी कुँवरले एक्लै सम्हालिन् । ६७ बलको सामना गरेकी उनले टिमलाई २९ रनको योगदान दिइन् । बलिङतर्फ गण्डकीका लागि आकृति तिवारीले २ र मनीषा उपाध्याय तथा ज्योत्सनीका मरासिनीले समान १÷१ विकेट लिइन् । खेलको प्लेयर अफ दी म्याच गण्डकीकी ज्योत्सनीका मरासिनी भइन् ।
६५ रनको विजयी लक्ष्य पछ्याएर मैदान उत्रिएको गण्डकीले १७.३ ओभरमा ७ विकेट गुमाएर लक्ष्य भेट्टायो । उसका लागि ज्योत्सनिका मरासिनीले ११ र सिर्जना पौडेल तथा आङ्पेम्बलुम्बा सेर्पाले समान ९÷९ रन बनाइन् । बलिङतर्फ कर्णालीकी श्रीमीसिं थारुले ४ विकेट लिइन् । विना थापाले २ र एन्जीला थापाले १ विकेट लिइन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी गण्डकीकी ज्योत्सनीका मरासिनी भइन् । उनले नगद २५ हजारसहित ट्रफि प्राप्त गरिन् । सर्वोत्कृष्ट बलर कर्णालीकी एन्जीला थापा र उत्कृष्ट ब्याटर बागमतीकी हेलिशा गुरुङ भइन् । उनीहरूले जनही १०÷१० हजार प्राप्त गरिन् ।
प्रकाशित मितिः ११ चैत्र २०७८, शुक्रबार १९:३८
साझा बिसौनी ।